close

पुर्चौडी नगरपालिका विद्यालय पुनः बन्द

पुर्चौडी नगरपालिका विद्यालय पुनः बन्द

Trulli
ADVERTISEMENT

बैतडी– बैतडीको पुर्चौडी नगरपालिका विद्यालयहरु पुनः बन्द भएका छन् । लामो समयदेखि बन्द रहेका विद्यालय ७ असोजदेखि सञ्चालनमा आएका थिए । 

विद्यालय आजदेखि पुनः बन्द भएका पुर्चौडी नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले जानकारी दिए । उनले भने, ‘नगरपालिकाले अनिश्चितकालका लागि नगरक्षेत्र सिल गर्ने निर्णय गरेसँगै विद्यालय पनि बन्द भएका छन् । आइतबार विद्यालय सञ्चालनमा आएका भएपनि पछि नगरपालिकाले सूचना निकालेपछि बन्द गरेका छौँ ।’

 पुर्चौडी नगरपालिका–३ का २९ वर्षीय युवकको कोरोना संक्रमणका कारण मृत्यु हुनुका साथै अन्य ८ जना नयाँ संक्रमित थपिएपछि नगरक्षेत्र सिल गरिएको हो ।

विद्यालय पुनः बन्द हुँदा विद्यार्थीलाई समस्या भएको शिक्षा शाखा प्रमुख नागरीको भनाई छ । शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्नुपर्दा पठनपाठनमा समस्या देखिएको उनले बताए 

पुर्चौडीमा नगरपालिकाका भित्र ७५ ओटा सामुदायिक विद्यालय मध्ये ३९ ओटामा क्वारेन्टाइन र आइसोलेसन राखिएका थियो । नगरका ७५ सामुदायिक र ३ संस्थागत विद्यालयमा करिब १४ हजार विद्यार्थी अध्ययनरत छन् ।

बैतडी जिल्लाभरी हालसम्म ४ सय ३ जनाका कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये २५ जनामात्रै अहिले सक्रिय संक्रमित छन् ।