close

हावाहुरीले छानो उडाएपछि विद्यालयलाई राहत

हावाहुरीले छानो उडाएपछि विद्यालयलाई राहत

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले हावाहुरीले जस्तापाता उडाउँदा क्षति पुगेको विद्यालयलाई राहत प्रदान गरेको छ । 

 

गत १७ चैतको हावाहुरीले छानो उडाउँदा क्षति पुगेको दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नम्बर १ याम्खास्थित महेन्द्रोदय माविलाई राहत प्रदान गरेको हो ।

 

गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर कार्कीलाई राहतस्वरूप नगद २५ हजार रुपैयाँ प्रदान गरे । 


गाउँपालिकाले हावाहुरीपीडित वडा नम्बर १ याम्खा खामडाँडाका अर्जुन भुजेललाई पनि राहत दिएको छ ।

 

१७ चैतमा हावाहुरीले घरको छाना उडाउँदा विचल्लीमा परेका भुजेललाई २० हजार रुपैयाँ राहत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।