close

२० वैशाखभित्र शैक्षिक सत्र टुंग्याउँदै तिलोत्तमा 

२० वैशाखभित्र शैक्षिक सत्र टुंग्याउँदै तिलोत्तमा 

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको तिलोत्तमा नगरपालिका अरू स्थानिय निकायमा भन्दा फरक तरिकाले हरेक क्षेत्र र काममा प्रस्तुत हुने गर्दछ ।


दोस्रो लहरको कोरोना संक्रमण बढिरहेका बेला स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयको फरक–फरक धारणा सार्वजनिक भएपछि तिलोत्तमा नगरपालिकाले चालू शैक्षिक सत्रको वार्षिक परीक्षा २० वैशाखभित्र सक्ने निर्णय गरेको छ ।


कोरोना महामारीको प्रभाव बढ्दै जाँदा नगरस्तरीय परीक्षा सञ्चालन तथा समन्वय समितिको बैठकले विद्यालय स्तरीय वार्षिक परीक्षा छिट्टै लिने निर्णय गरेको हो ।

 

नगर प्रमुख तथा समिति संयोजक वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकले बालविकासदेखि कक्षा ३ सम्मको परीक्षा १२ वैशाखसम्म र कक्षा ४ देखि ९ सम्मको परीक्षा २० वैशाखभित्र सक्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

 

बैठकले १२ वैशाखबाट सुरु हुने गरी कक्षा ८ को नगर स्तरीय परीक्षा सञ्चालनका लागि परीक्षा तालिका तथा परीक्षा केन्द्रसमेत निर्धारण गरेको जनाएको छ । यो वर्ष नगर स्तरीय परीक्षाका लागि ९ वटा केन्द्र निर्धारण गरिएको नगरपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।

 

यसअघि कोरोनाबाट सबैभन्दा बढी बालबालिका प्रभावित भइरहेका भन्ने खबर सार्वजनिक भइरहँदा नगर प्रमुख घिमिरे, शिक्षा शाखा प्रमुख गंगाराम आचार्यसहितको टोलीले विद्यालय अनुगमन गरेको थियो ।

 

कोरोना सुरक्षा मापदण्डको पालनालाई केन्द्रमा राखी टोलीले सामुदायिक तथा संस्थागत विद्यालयको अनुगमन गरेको नगर प्रमुख घिमिरेले बताए ।