close

राप्तीमा ४ हजार बढी भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन

राप्तीमा ४ हजार बढी भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन

Trulli
ADVERTISEMENT

दाङ- दाङको राप्ती गाउँपालिकामा ४ हजार बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन सम्पन्न भरिएको छ । 

 

राप्ती गाउँपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु भएसँगै नागरिकलाई आ-आफ्नो क्षेत्रगत रूपमा फारम भर्न सूचित गरेको थियो । यसबमोजिम कुल ४ हजार ४ सय ६५ वटा फाराम भरिएको छ ।

 

भूमिसम्बन्धी समस्या समाधान आयोगको गत १८ माघको सूचना बमोजिम राप्तीका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि लगत संकलन म्याद सकिएको हो ।

 

‘फाराम भरेर सकिएको छ । अहिले वडा कार्यालयमा वडास्तरीय सहजीकरण समितिबाट रुजु गर्न काम भइरहेको छ’, राप्ती गाउँपालिका भूमि समस्या समाधान इकाइ प्रमुख बालचन्द्र गुरुङले भने ।

 

इकाइ प्रमुख गुरुङका अनुसार रुजु गरिसकेपछि कम्प्युटरमा लगत प्रविष्ट गर्ने काम सुचारु हुनेछ ।     

 

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गाउँपालिकाको वडा नम्बर १ मा ९००, वडा नम्बर २ मा ६८०, वडा नम्बर ३ मा ७८०, वडा नम्बर ४ मा ४००, वडा नम्बर ५ मा ४२०, वडा नम्बर ६ मा ३८०, वडा नम्बर ७ मा ३९०, वडा नम्बर ८ मा २६० र वडा नम्बर ९ मा २५५ गरी ४ हजार ४ सय ६५ लगत फाराम भरिएको इकाइ प्रमुख गुरुङले बताए ।