close

गाउँमा सडक छैन, सहरमा दिनरातै उज्यालो ! (भिडियाे खबर)

गाउँमा सडक छैन, सहरमा दिनरातै उज्यालो ! (भिडियाे खबर)

ADVERTISEMENT

देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर

 

१) काठमाडौंको टोखा नगरपालिकामा मेयर उज्यालो कार्यक्रम शुभारम्भ, नगरभित्रका मुख्य सडकमा बत्ती जडान ।

 

२) मोरङको सुन्दरहरैचा नगरपालिकाको आयोजनामा प्रथम मेयर कप फुटबल प्रतियोगिता सुरु, प्रतियोगितामा ९ वटा टिमले प्रतिस्पर्धा गर्ने ।

 

३) कोरोना संक्रमणको जोखिम बढेपछि सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने संघीय सरकारको निर्णय, अनलाइनमार्फत कक्षा चलाइने  ।

 

४) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन कार्यविधि सार्वजनिक, सुशासन संस्थागत गर्न सहयोग पुग्ने ।

 

५) काभ्रेको नमोबुद्ध नगरपालिकामा नगर युवा परिषदको आयोजनामा नमुना नगर युवासभा जारी, ७ वैशाखसम्म चल्ने कार्यक्रममा ३५ जना युवाको सहभागिता ।

 

६) ललितपुर महानगरपालिकाले बिजुलीका पोलमा विज्ञापन टाँस्नेलाई कारबाही गर्ने, पोलमा रङ लगाउने काम सुरु ।

 

७) देशभरका पालिकामा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइँदै, अघिल्लो पटक खाएकाहरुलाई अहिले पनि खुवाउनुपर्ने ।

 

८) बझाङका १२ स्थानीय तहमध्ये मष्टा गाउँपालिका पूर्ण खोप सुनिश्चितता पालिका घोषणा, बालबालिकाले सबै किसिमका खोप लगाए ।

 

९) डोटीको दिपायल सिलगढी नगरपालिकामा तरकारी संकलन केन्द्रको भवन निर्माण गरिने, नगरप्रमुख मन्जु मलासीले गरिन् भवनको शिलान्यास ।

 

१०) कपिलवस्तुको वाणगंगा नगरपालिकामा मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तरगत ३ महिने कुक, वेटर र फेसन डिजाइन तालिम सुरु, तालिममा नगरबासीको सहभागिता ।

 

११) कटारी–घुर्मी सडक स्तरोन्नतिको माग गर्दै उदयपुरको कटारी नगरपालिकाका स्थानीय आन्दोलित, सो सडक खण्ड अनिश्चितकालका लागि बन्द 

 

१२) काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नगरस्तरीय अन्तर विद्यालय तेस्रो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न, प्रतियोगितामा विद्यार्थीको सहभागिता ।


१३) बालश्रम न्यूनीकरण तथा बालविवाह अन्त्यका लागि जुट्यो मकवानपुरको मकवानपुरगढी गाउँपालिका,  सरोकारवालाको सहभागितामा संकल्प सम्मेलन सम्पन्न ।

 

१४) २ वैशाखमा परेको असिनाको क्षतिको विवरण पेस गर्न किसानलाई धनकुटाको छथर जोरपाटी गाउँपालिकाले जारी ग¥यो सूचना, क्षतिको फोटोसहितको विवरण पालिकामा बुझाउनुपर्ने ।

 

१५) नगरप्रमुख तथा प्रशासकीय अधिकृतको मिलेमतोमा अनियमितता भएको भन्दै सिरहाको कल्याणपुर नगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरू विगत ६ दिनदेखि आन्दोलित, नगरपालिकामा तालाबन्दी, कामकाज ठप्प ।

 

१६) गोरखाको सहिद लखन गाउँपालिका-७ को चण्डिका आधारभूत विद्यालयका शिक्षकलाई तलब खुवाउन आर्थिक सहयोग संकलन, दरबन्दी कटौती हुँदा निजी स्रोतमा शिक्षक राखुपर्ने बाध्यता ।

 

१७) प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत महोत्तरीको लोहारपट्टी नगरपालिकामा वडा नम्बर ५ मा सडक मर्मत तथा नाला सरसफाइको काम सुरु, पालिकाबासीले पाए गाउँमै रोजगारी । 

 

१८) दोस्रो चरणको कोरोना रोकथामको प्रतिकार्यमा जुटे देशभरका स्थानीय तह, जनचेतना फैलाउने लगायतका काममा व्यस्त ।


१९) उदयपुरको बेलका नगरपालिकाले एकजना महिला उद्यमी सहजकर्ता करारमा नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।


२०) सडक नाटकमार्फत करदाता शिक्षा पढाउँदै काठमाडौं महानगरपालिका, पहिलो चरणमा महानगरका १० स्थानमा सडक नाटक प्रदर्शन हुँदै ।