close

बालुवाटारबाट चितवन हिँड्यो सीताराम शोभायात्रा

बालुवाटारबाट चितवन हिँड्यो सीताराम शोभायात्रा

Trulli
ADVERTISEMENT

चितवन(माडी)- प्रधानमन्त्री केपी ओली निवास बालुवाटारबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति लिएर ‘श्री सीताराम शोभा रथयात्रा’ अगाडि बढेको छ । रथयात्रामा शृंगारिएका ४ वटा गाडी (रथ) मा ४ वटै मूर्ति राखिएका छन् । 

 

शोभा रथयात्रामा करिब ५ सय गाडीमा हजारौँको संख्यामा श्रद्धालुको सहभागिता छ ।

 

मंगलबार बिहान प्रधानमन्त्री ओलीले बालुवाटारमै पूजापाठ र स्वस्ति वाचन गरी ४ वटै पूर्ण कदका मूर्ति माडीस्थित अयोध्याधामका लागि हस्तान्तरण गरे ।

 

मूर्तिसहितको शोभा रथयात्रा मंगलबार देवघाटमा ल्याएर राखिनेछ । ८ वैशाख अर्थात् रामनवमीको दिन माडीको अयोध्याधाममा ल्याई स्थापना एवं अनावरण गर्ने कार्यक्रम छ ।

 

माडी क्षेत्रमा रथयात्राका सहभागी एवं मूर्तिको भव्य स्वागत गर्ने तयारी छ । माडीको वनकट्टादेखि प्रस्तावित अयोध्याधामसम्मै बाटोमा फूलमाला, अबीर र घडासहित स्वागतको तयारीका साथै ठाउँ-ठाउँमा स्वागत द्वार बनाइएको छ ।