close

कपिलवस्तुमा सवारी दुर्घटना: २४ बढी घाइते, ६ को अवस्था गम्भीर 

कपिलवस्तुमा सवारी दुर्घटना: २४ बढी घाइते, ६ को अवस्था गम्भीर 

Trulli
ADVERTISEMENT

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि वडा नम्बर ९ सुरगरवरवा नजिक सवारी दुर्घटना हुँदा २४ जना बढी घाइते भएका छन् । 

 

बुटवलबाट कृष्णनगरतर्फ जाँदै गरेको लु१ख ५६८४ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ३०१२ नम्बरको मालवाहक ट्रक मंगलबार बिहान १०ः३० बजे ठोक्किएका थिए । 

 

घटनामा दुवै सवारी साधनका सवारी चालक गम्भीर रहेको प्रहरीले बताएको छ । स्थानीय रुटमा चल्ने बस भएकाले दुर्घटनामा परेका घाइतेमा स्थानीय बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले जानकारी दिए ।

 

बसको क्याबिनमा बसेका र दुवै चालकसहित ६ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यलय गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण राना मगरले बताए ।

 

गाडीमा अड्किएका चालकको उद्धार गर्न प्रहरीले टोचन प्रयोग गरेको थियो । केही घाइतेको हातखुट्टा भाँचिएको र ४ जनालाई सामान्य चोट लागेको बताइएको छ । 

 

सामान्य चोट लागेकालाई स्थानीय बुद्ध पोलिक्लिनिक र अन्यलाई उपचारका बुटवलतर्फ लगिएको छ । इलाका प्रहरी कार्यालय गोरुसिंगे, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीले घाइतेको उद्धार गरी एम्बुलेन्स, निजी जिप तथा कारमा राखेर गरी उपचारका लागि पठाएका छन् ।