close

बुटवलभित्रका शैक्षिक संस्था बन्द

बुटवलभित्रका शैक्षिक संस्था बन्द

Trulli
ADVERTISEMENT

रूपन्देही– बुटवल उपमहानगर क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था वैशाख मसान्तसम्मका लागि बन्द गरिने भएको छ । 
बुटवल उपमहानगरले बुधबार सूचना जारी गर्दै ९ वैशाखबाट वैशाख मसान्तसम्मका लागि सबै शैक्षिक संस्था बन्द गरिने बताएको हो ।

 

बन्द भएका विद्यालयले वैकल्पिक माध्यमबाट कक्षा लिन सक्ने उपमहानगरको सूचनामा उल्लेख छ । उपमहानगरले पूर्वनिर्धारित परीक्षासमेत वैशाख मसान्तसम्मका लागि स्थगित गर्न भनेको छ । कक्षा ८ को पालिका स्तरीय परीक्षासमेत स्थगित भएको छ ।

 

उपमहानगरमा बस्ने अभिभावकले आ–आफ्ना बालबालिकालाई वैकल्पिक माध्यमबाट शिक्षा दिन तथा विद्यालयको नियमित प्रशासनिक कार्यलाई भने निरन्तरता दिन सकिने सूचनामा उल्लेख छ ।