close

पुल तर्दा पनि लाग्छ भाडा, कल्याणपुरमा लाग्यो ताला (भिडियो खबर)

पुल तर्दा पनि लाग्छ भाडा, कल्याणपुरमा लाग्यो ताला (भिडियो खबर)

ADVERTISEMENT

 देशभर पालिकामा के भए ? जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


१) चितवनको माडी नगरपालिकाको अयोध्यापुरीमा रामसीताको मूर्ति प्रतिस्थापन, मूर्ति प्रतिस्थापनपछि भजनकीर्तनका कार्यक्रम ।

 

२) कैलालीको टीकापुर नगरपालिकाकाद्वारा कर्णाली माध्यमिक विद्यालयलाई स्कुल बस प्रदान, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिलाई उपप्रमुख केशरी विष्टले हस्तान्तरण गरिन् बसको साँचो ।

 

३) तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ को सार्वजनिक जग्गामा शीतभण्डार निर्माण गरिने, नगरप्रमुख किसान गुरुङले गरे शीतभण्डारको शिलान्यास ।

 

४) कोरोना संक्रमित बढेपछि नियन्त्रण गर्न बाँकेको नेपालगञ्ज उपमहानगरमा बुधबार मध्यरातिबाट लकडाउन, १५ वैशाख मध्यरातिसम्म लकडाउन कायम रहने ।


५) कास्कीको अन्नपूर्ण गाउँपालिकाकाद्वारा उपाध्यक्षसँग सुत्केरी कार्यक्रम सञ्चालन, घरघरमा पुगेर सुत्केरी महिलालाई कुखुरा र कम्बल वितरण ।

 

६) जिल्ला समन्वय समिति कञ्चनपुरको पाँचौं जिल्लासभा महेन्द्रनगरमा सम्पन्न, सभाले ग¥यो विभिन्न महत्वपूर्ण निर्णय ।


७) नगरलाई हरियाली बनाउन जुट्यो उदयपुरको त्रियुगा नगरपालिका, सडक आसपासमा फूलका बिरुवा रोप्न सुरु ।


८) ३० चैतदेखि सिरहाको कल्याणपुर नगरपालिकामा जनप्रतिनिधिले लगाएको ताला अझै खुलेन, कार्यवाहक नगरप्रमुख रोहणीकुमारी यादव र प्रमुख प्रशासकीय अधिकृत जयप्रसाद दासले अनियमितता गरेको आरोप ।

 

 ९) जीर्ण राजमार्ग स्तरोन्नतिको मागगर्दै उदयपुरको कटारी नगरपालिकाका स्थानीय आन्दोलित, सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड तीन दिनदेखि बन्द ।


१०) रामनवमी पर्वको अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिकाले दियो सार्वजनिक बिदा, पालिका र मातहतका कार्यालय बन्द ।


११) वडाविरुद्ध जिल्ला र विशेष अदालतमा मुद्दा दायर गरेका वादी पक्षलाई कीर्तिपुर नगरपालिका वडा–२ ले सेवा–सुविधा गरिदियो रोक्का, बाटोको विषयमा विवाद ।


१२) कोरोना भाइरस संक्रमित बढ्दै गएपछि बागलुङ नगरपालिकाका ं१२, १३ र १४ वडामा वैशाख १७ गतेसम्म निषेधाज्ञा जारी, उच्च सतर्कता अपनाउन नगरबासीलाई पालिकाको आग्रह ।


१३) काठमाडौं महानगरपालिकाद्वारा विद्यालयस्तरमा नेपाल भाषा अध्यापन गराउन १७२ जना सहायक प्रशिक्षकसँग सेवा करार सम्झौता, सामुदायिक विद्यालयमा पाठ्यक्रम र पाठ्यपुस्तक दुवै निशुल्क वितरण गरिने ।

 

१४) नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ४ मा प्रकृतिको कुचीकार मानिने सयभन्दा बढी संख्यामा गिद्ध मृत अवस्थामा फेला, नगरपालिकाले  जाँचका लागि नमुना भैरहवा पठायो ।


१५) महोत्तरीको एकडारा गाउँपालिकाले एकजना रोजगार संयोजक करारमा नियुक्त गर्ने, इच्छुकले १५ दिनभित्र पालिकामा दरखास्त बुझाउनुपर्ने ।

 

१६) कोरोना कहरबीच खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको धार्मिक स्थल हलेसीमा रामनवमी मेला, दर्शनार्थी तथा भक्तजनको घुइँचो ।


१७) कोरोनाबाट बच्न गुल्मीमा तपाईंको मास्क खोई अभियान सुरु, पछिल्लो समय गुल्मीमा १६ जना व्यक्तिमा कोरोना संक्रमण, पालिकाहरु आवश्यक तयारीमा जुटे ।


१८) मोरङ विराटनगर महानगरपालिकामा मानव सेवा आश्रमको भवन बन्ने, नगरप्रमुख भीम पराजुलीले गरे भवनको शिलान्यास ।


१९) कोरोना संक्रमणको दर बढ्दै गएपछि काभ्रेपलाञ्चोकको धुलिखेल र बनेपा नगरपालिकाका शिक्षण संस्था बन्द, अनलाइनमार्फत पठनपाठन सञ्चालन गरिने ।

 

२०) पर्वत र बाग्लुङलाई जोड्ने कालीगण्डकी नदीमाथि बनाइएको पुल तर्दा शुल्क तिर्नुपर्ने, बाग्लुङ नगरपालिकाले तोक्यो शुल्क ।