close

सेवाग्राहीलाई वडाध्यक्षको मुक्का, भन्छन्ः आइलाग्नेमाथि जाइलाग्ने हो 

सेवाग्राहीलाई वडाध्यक्षको मुक्का, भन्छन्ः आइलाग्नेमाथि जाइलाग्ने हो 

Trulli
ADVERTISEMENT

तनहुँ– भिमाद नगरपालिका वडा नम्बर ८ का अध्यक्ष बुद्धिमान श्रेष्ठ र सेवाग्राही चिरञ्जवी खनालबीच हात हालाहाल भएको छ । यो घटना विहीबार विहानको हो । 

 

सामाजिक सञ्जाल फेसबुकमा दिउँसो यी दुुई जनाबीचको घम्साघम्सी अपलोड भएको छ । ४० सेकेण्डको भिडियोको सुरुमै वडाध्यक्षले सेवाग्राहीलाई मुक्का प्रहार गरेको देखिन्छ । वडाध्यक्षलाई केहीले रोक्दै छन् । तैपनि उनले ढुंगा टिपेर प्रहार गर्न खोजेको देखिन्छ । 

 

‘लाटीलाई निकाल्छस् तैले । पख मुला’, वडाध्यक्ष भनेको सुनिन्छ ।  भिडियोको सुरुमै सेवाग्राहीले ‘मैले निकाल्न खाजेको छु ?’ भन्दै प्रश्न गरेको छन् ।

 

वडा कार्यालय अरौदीको नजिकै नवदुर्गा टोलमा विहान ११ बजेपछि हात हालाहाल भएको थियो । त्यतिबेला वडाध्यक्ष श्रेष्ठ फिल्डमा थिए । हकवालाको सिफारिस पत्र लिनलाई अरौदीका खनाल वडाध्यक्ष श्रेष्ठ भएकै ठाउँमा पुग्दा विवाद उत्पन्न भएर हात हालहालको स्थिति आएको हो । 


आफुमाथि जाइलागेकाले प्रतिकार गर्न बाध्य भएको वडाध्यक्ष श्रेष्ठले टेलिफोन कुराकानीमा बताए ।   ‘हकवालाको सिफारिस लिन आउनुभएको थियो । छलफल नगरी एकतर्फी कुरा सुनेर हुँदैन भनेपछि म माथि जाइलागे,’ वडाध्यक्षले भने, ‘आइलागेपछि त जाइलाग्नै परो ।’

 

आक्रोशित भएका खनालले हातपात गरेपछि प्रतिकार गरेको उनको भनाइ छ । भिडियोमा पुरै नदेखाएर आफुलाई दोषी देखाउन खोजेको उनको भनाई छ ।

 

आफ्नो पुर्जामा पर्ने जग्ग्गामा एक जना सुकुम्बासी महिलालाई घर बनाउन रोकदिएको रिसिबी साँधेर सिफारिस नदिएको सेवाग्राही खनाल बताउँछन् । ‘उहाँले एक्कासी आवेशमा आएर हिर्काउनुभो’, उनले सुनाए ।  खनालका अनुसार पहिलोपटक वडाध्यक्षसँग पुग्दा सिफारिस लिने तरिका सिकाएर पठाएका थिए ।  वडामा गएर रसिद लिएर वडाध्यक्ष भएको ठाउँमा दोस्रो पटक जादा घटना भएको उनको भनाई छ ।