close

दुधौलीका ३ वटा वडामा लकडाउन

दुधौलीका ३ वटा वडामा लकडाउन

Trulli
ADVERTISEMENT

सिन्धुली- सिन्धुलीको दुधौली नगरपालिकाले ३ वटा वडामा लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै वडा नम्बर १, २ र ४ मा १ साताका लागि लकडाउन घोषणा गरेको हो ।

 

नगरपालिकाले १० देखि १७ वैशाखसम्म वडामा लकडाउन गरेको नगरप्रमुख घनश्याम राउतले जानकारी दिए ।

 

उनका अनुसार बुधबार दुधौली नगरपालिका वडा नम्बर १ का १ जनामा कोरोना पोजेटिभ पुष्टि भएपछि नगरको विपद् व्यवस्थापन समिति बैठकले लकडाउन गर्र्ने निर्णय गरेको हो ।

 

नगरपालिकाले सूचना जारी गर्दै लकडाउनको घोषणा भएका क्षेत्रमा अति आवश्यक सेवा एम्बुलेन्स, दमकल, स्वास्थ्य, दूध, तरकारी फलफूल, खाद्यान्न पसल बवाहेक शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, वडा कार्यालय (वडा नम्बर ४ बाहेक) होटल, यातायात र अन्य व्यवसाय बन्द रहने उल्लेख छ ।


लकडाउन उल्लंघन गरे कानुनबमोजिम कारबाही गरिने गाउँपालिकाले जनाएको छ ।