close

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणबाहिर 

सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणबाहिर 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नम्बर ४ डम्बर्खुशिवालय सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणबाहिर गएको छ ।

 

शुक्रबार दिउँसो कुभिन्डे गिद्धेडाँडाबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको डम्बर्खुशिवालय सामुदायिक वनका अध्यक्ष नृपबहादुर चम्लागाईंले बताए । १६५ हेक्टरमा फैलिएको सामुदायिक वनको करिब २ हेक्टर क्षेत्र डढेलोको लपेटामा परिसकेको छ । 

 

जंगल ठूलो क्षेत्रमा फैलिएको र बाक्लो भएका कारण डढेलो नियन्त्रण बाहिर गरएको हो । डढेलो क्रमशः हाँडीखोला बस्ती आसपास पुगेको छ ।  डढेलोका कारण जंगल नजिक रहेका ४० घर जोखिममा परेको स्थानीय नेता याम राईले बताए । हाँडीखोलाका १० घर उच्च जोखिममा परेका हुन् ।

 

यस्तै, कुभिन्डे, कात्तिके, तिल्के, सल्लेरी र सार्कीडाँडा वस्तीमा रहेका ३० भन्दा बढी घर पनि जोखिममा परेका छन् । डढेलो नियन्त्रणका लागि प्रहरीलाई खबर गरिसकिएको सामुदायिक वनका अध्यक्ष चम्लागाईंले जानकारी दिए । 

 

डढेलोले पशुपक्षीको बासस्थानका साथै स-साना बोट बिरुवा सखाप पारेको छ । डढेलो लाग्नुको कारण खुल्न सकेको छैन । सल्ला, साल, चिलाउने, उत्तिसलगायत बोटबिरुवा रहेको जंगलमा २०७४ चैत दोस्रो साता पनि डढेलो लागेको थियो ।