close

राप्तीमा घाँसको बिउ प्रशोधन केन्द्र भवन शिलान्यास

राप्तीमा घाँसको बिउ प्रशोधन केन्द्र भवन शिलान्यास

Trulli
ADVERTISEMENT

दाङ- दाङको राप्ती गाउँपालिका मौरीघाटमा घाँसको बिउ भण्डारण र प्रशोधन केन्द्र भवनको शिलान्यास गरिएको छ । गाउँपालिका, कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सहकार्य र नेपाल लाईभ स्टक सेक्टर इनोभेसन विकेन्द्रित आयोजना सहयोग इकाइ बुटवलको आर्थिक सहयोगमा बन्ने भवनको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले शिलान्यास गरेका हुन् ।

 

घाँसको बिउ भण्डार प्रशोधन केन्द्र भवन ५० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने योजना रहेको गाउँपालिकाको पशु सेवा शाखा प्रमुख शेरबहादुर हमालले जानकारी दिए । ४ कोठासहिततको १ तले आरसिसीयुक्त रहने भूकम्प प्रतिरोधात्मक भवन आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गरिने गाउँपालिकाका इन्जिनियर अशोक बेल्वासेले बताए ।

 

श्री अभियन्ता थापा जेभी बुटवल निर्माण कम्पनीले सुरु गरेको भवन बनेपछि घाँसका बिउ ग्रेडिङ गर्ने, प्याकिङ गर्ने, प्रशोधन गर्ने र भण्डारण गरिनेछ । स्थानीय कृषकलाई तालिम, बिउबिजन उपलब्ध गराएर विभिन्न घाँसका बिउ उत्पादन गरी सहज रूपमा उपलब्ध गराउने योजना छ ।