close

चोक-चोकमा मास्क बाँड्दै उदयपुर प्रहरी

चोक-चोकमा मास्क बाँड्दै उदयपुर प्रहरी

Trulli
ADVERTISEMENT

उदयपुर- जिल्ला प्रहरी कार्यालय उदयपुरले कोरोनाको ग्राफ बढ्दै गएपछि जिल्लाबासीलाई मास्क लगाउन अनुरोधसहित चोकचोकमा मास्क वितरण थालेको छ । पछिल्लो समय बढ्दो संक्रमित र मृत्यु दरलाई ध्यान दिँदै उदयपुरलाई कोरोनाबाट जोगाउन प्रहरीले मास्क लगाउन अनुरोध गरेको हो ।

 

सुरक्षा निकायको नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघ, सञ्चारकर्मीसहितको संयुक्त टोलीले बिनामास्क हिँड्नेहरूलाई मास्क वितरण गरेको हो ।

 

कोरोना सचेतना जगाउन र सजग गराउन मास्क प्रयोग गर्न सबैलाई अनुरोध गर्दै गाईघाट बजारको मेनचोकमा मास्क वितरण गरिएको थियो । कोरोना संक्रमणको त्रास उदयपुरमा पनि बढेको छ । कोरोनाबाट सजग हुन सचेतनाका कार्यक्रम सुरु गरिएका छन् ।

 

अनिवार्य मास्क प्रयोग, काममा मात्रै बाहिर निस्कन अनुरोध, मन्दिर, सपिङ क्षेत्र, भोजभतेर तथा कार्यक्रममा २५ जना भन्दा बढी भेला हुन नपाउने, सामाजिक दूरी कायम गर्नुपर्ने, होटल व्यवसाय बिहान ८ देखि बेलुका ८ बजेसम्म स्वास्थ्य मापदण्डअनुरूप सञ्चालन गर्न आग्रहसहित माइकिङ गरिएको छ ।

 
उदयपुरमा कोरोनाको त्रास बढेकाले यसबाट सुरक्षित हुन पूर्वतयारीस्वरुप मास्क वितरण गरेर सचेतना अभियान थालिएको उदयपुरका प्रहरी उपरीक्षक (एसपी) भीमबहादुर दाहालले बताए । एसपी दाहालसँगै सशस्त्र प्रहरीका एसपी सुधीर सुवेदी, ट्राफिक इन्चार्ज कमल कार्की, त्रियुगा उद्योग वाणिज्य संघ अध्यक्ष गजेन्द्र भगतलगायतले मास्क वितरण गरेका थिए ।