close

घरघरमा स्वास्थ्योपचार पुर्‍याउँदै बगनासकाली 

घरघरमा स्वास्थ्योपचार पुर्‍याउँदै बगनासकाली 

Trulli
ADVERTISEMENT

पाल्पा- पाल्पाको बगनासकाली गाउँपालिकाले नागरिकका घरघरमा पुगेरै स्वास्थ्य सेवा दिने भएको छ । पछिल्लो समय बढ्दो कोरोना संक्रमणको जोखिमलाई कम गर्न घरघरमा पुगेर स्वाब संकलन गरिने गाउँपालिकाले बताएको हो ।

 

जिल्लामा बढ्दो कोरोना संक्रमणको जोखिमलाई दृष्टिगत गरेर गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी पठाएर स्वाब संकलन गर्ने निर्णय भएको पालिका उपाध्यक्ष सरस्वती चिदीले बताइन् ।

 

गत सोमबार बसेको आकस्मिक कार्यपालिका बैठकले मंगलबारदेखि गाउँपालिकाभित्रका सबै शैक्षिक संस्था २० वैशाखसम्म बन्द गर्ने निर्णय गरेको उनको भनाइ छ ।

 

गाउँपालिका उपाध्यक्ष चिदी अध्यक्षताको कार्यपालिका बैठकले भारत तथा तेस्रो मुलुकबाट आउनेहरू अनिवार्य १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने, तत्कालै १५ शय्याको कोरोना अस्पताल निर्माण गर्ने, ५० अक्सिजन सिलिन्डर खरिद गर्ने, होम आइसोलेसनमा बसेका संक्रमितलाई घरमै अक्सिजन पु¥याउने निर्णय भएको छ ।

 

यस्, विपन्नलाई कोरोना अस्पतालमा लागेको खर्च गाउँपालिकाले बेहोर्ने, पालिकामा विवाह, भोजभतेरजस्ता भीडभाड हुने सामाजिक र सांस्कृतिक क्रियाकलाप नगर्ने निर्णय भएको गाउँपलिका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिए ।