close

भक्तपुरका अधिकांश सहकारी दर्ताबिनै सञ्चालित

भक्तपुरका अधिकांश सहकारी दर्ताबिनै सञ्चालित

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुर नगरपालिकाले नगरभित्र सञ्चालित ४ वटा सहकारी संस्थाको अनुगमन गरेको छ । संस्थामध्ये २ वटा सहकारी संस्था बिनादर्ता सञ्चालनमा रहेको पाइएको छ भने २ वटाले कारोबार देखाउन सकेका छैनन् । 

 

समितिका संयोजक हरिप्रसाद वासुकलाले अनुगमनमा सहकारीको प्रदेश ऐनअनुसार स्थानीय सरकारसँग स्वीकृति लिएर मात्र सञ्चालन गर्न पाउने व्यवस्था भए पनि अधिकांश सहकारी नगरपालिकाको स्वीकृतिबिना सञ्चालन भइरहेको जानकारी दिए ।

 

नगरबासीको रकम संकलन गरेर व्यक्तिगत रूपमा लगानी गर्ने गरेको अनुगमनका क्रममा फेला परेको बताए । त्यस्तो लगानी डुबे नगरबासीको पैसासमेत ओरेन्टल सहकारीको जस्तै हुने सम्भावना भएको उनले सुनाए । 

 

स्वीकृतिबिना सञ्चालन भएका सहकारी भागे जिम्मेवारी लिन नगरपालिकालाई अप्ठ्यारो हुने उल्लेख गर्दै यस्ता सहकारीमा रकम जम्मा नगर्नसमेत उनले नागरिकलाई आग्रह गरे । 

 

कारोबार देखाउन नसकेका सहकारीले नगरपालिकामा स्वीकृति लिई मासिक रूपमा रिपोर्ट बुझाउन निर्देशन दिइएको छ ।

 

सहकारी संस्था अनुगमनमा समिति सदस्य हरिरत्न गोर्खाली, श्याम माता, रञ्जना त्वाती, नगरपालिकाका सहकारी प्रमुख रेभिड कुस्मा र वडा निरीक्षक रामकृष्ण प्रजापति सहभागी थिए ।