close

मेरिङ्देनका पशुपालकलाई भकारो सुधारमा अनुदान

मेरिङ्देनका पशुपालकलाई भकारो सुधारमा अनुदान

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले ३ वटा वडाका पशुपालकलाई भकारो सुधार कार्यक्रमका लागि अनुदान उपलब्ध गराउने भएको छ । 

 

वडा नम्बर १ थिङ्लाबु, वडा नम्बर ४ लिङ्तेप र वडा नम्बर ६ नाल्बुका पशुपालकलाई भकारो सुधार कार्यक्रममार्फत अनुदान उपलब्ध गराउन लागिएको गाउँपालिकाको कृषि विकास उपशाखाका नायब प्राविधिक सहायक रमेशकुमार राईले जानकारी दिए ।

 

भकारो सुधार कार्यक्रमको अनुदान पाउन सम्बन्धित वडाका कृषक समूह, कृषि सहकारी र कृषि फार्महरूले गाउँपालिकाको आर्थिक विकास शाखामा आवेदन दिनुपर्ने राईले बताए ।

 

वडा नम्बर १, ४ र ७ का कृषि सहकारी, कृषि फार्म तथा कृषक समूहले २० वैशाखसम्म समूह, सहकारी, फार्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस, पान नम्बर र भ्याट नम्बर, आर्थिक वर्ष २०७६÷७७ को कर चुक्ता प्रमाणपत्र र समूह, सहकारी, फर्मको निर्णय प्रतिका साथ १० रुपैयाँको टिकट टाँसी गाउँपालिकामा आवेदन दिनुपर्नेछ ।

 

६ वटा वडा रहेको गाउँपालिकाले वडा नम्बर २ सान्थाक्रा, वडा न्म्बर ३ खाम्लुङ र वडा नम्बर ५ थुकिमाबाहेक बाँकी ३ वटा वडामा पशुपालकलाई भकारो सुधार कार्यक्रमका लागि अनुदान दिन लागेको हो ।