close

​​​​​​​खोटाङ जिल्ला अदालतको अत्यावश्यकबाहेकका सेवा स्थगन 

​​​​​​​खोटाङ जिल्ला अदालतको अत्यावश्यकबाहेकका सेवा स्थगन 

Trulli
ADVERTISEMENT

खोटाङ- कोरोना महामारीका कारण जिल्ला अदालत खोटाङले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । सर्वोच्च अदालतको १४ वैशाखको बैठकले अदालतको नियमित कामकारबाही तथा सेवा प्रवाहसमेत संकुचन गर्न आवश्यक ठहर गरेपछि जिल्ला अदालतको अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिएको हो ।

 

जिल्ला अदालतका स्रेस्तेदार उपसचिव रामाकान्त यादवले जारी गरेको सूचनामा १७ वैशाखदेखि मसान्तसम्म जिल्ला अदालतको अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको उल्लेख छ । 

 

बिहीबार खोटाङ जिल्ला अदालत, जिल्ला बारका प्रतिनिधि तथा सदस्यहरू र निमित्त जिल्ला न्यायाधिवक्तासहितको बैठकले अदालतबाट गरिने नियमित काम-कारबाही र प्रवाह हुने सेवामध्ये बन्दीप्रत्यक्षीकरण र निषेधाज्ञाको निवेदन दर्ता, सुनुवाइ, म्याद थप सेवा भने सुचारु हुनेछ ।

 

यस्तै, पक्राउ पुर्जीको अनुमति र स्वीकृति, कल डिटेलसम्बन्धी अनुमति, अभियोगपत्र दर्ता, थुनछेक तथा मुद्दा फिर्ता र मिलापत्रबाहेक अन्य सबै किसिमका सेवा वैशाख मसान्तसम्म स्थगन गर्ने निर्णय गरेको हो । यद्यपि यस अवधिमा हद म्याद, म्याद तथा तारेख नगुज्रने जिल्ला अदालतले जनाएको छ ।