close

कालिकामाई गाउँपालिका अध्यक्षको निधन

कालिकामाई गाउँपालिका अध्यक्षको निधन

Trulli
ADVERTISEMENT

काठमाडौं- पर्साको कालिकामाई गाउँपालिका अध्यक्ष नथुनीप्रसाद कुशवाहको निधन भएको छ । ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज महानगर वडा नम्बर ९ स्थित आफ्नै निवासमा निधन भएको हो ।

 

५ दिनदेखि उच्च ज्वरो, श्वास-प्रश्वासबाट ग्रसित कुशवाहले घरमै उपचार गराइरहेका थिए । उनलाई कोरोनाको लक्षण देखिए पनि पिसिआर परीक्षण गरिएको थिएन ।

 

कुशवाहको शव अन्तिम संस्कारका लागि वडा नम्बर २ भेडिहारीस्थित निवासमा लगिएको उनका छोरा इन्दुभूषणले जानकारी दिए । 

 

४ दशकदेखि सक्रिय राजनीतिमा रहेका कुशवाह संघीय समाजवादी पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

 

३ छोरा र ५ छोरीका पिता कुशवाह मिलनसार र जनताप्रति समर्पित भएको स्थानीय बताउँँछन् ।