close

२५ शय्याको आइसोलेसन निर्माण गर्दै नमोबुद्ध

२५ शय्याको आइसोलेसन निर्माण गर्दै नमोबुद्ध

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाले कोरोना महामारीको अवस्थालाई लक्षित गरेर २५ शय्याको आइसोलेसन वार्ड स्थापना गर्ने भएको छ । वडा नम्बर ४ मा रहेको जनक बहुमुखी क्याम्पसमा नगरपालिकाले आइसोलेसन वार्ड स्थापनाको तयारी अघि बढाएको हो । 

 

प्रादेशिक अस्पताल मेथिनकोट अस्पतालसँगै जोडिएको आइसोलेसन वार्ड स्थापनाका लागि तयारी सुरु भइसकेको र केही दिनमै वार्ड स्थापना गरी सञ्चालनमा ल्याइने नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले जानकारी दिए ।
 
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलसहित जिल्लास्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी), नगरप्रमुख तिमल्सिना, मेथिनकोट अस्पताल व्यवस्थापन तथा स्वास्थ्यकर्मी, जनक बहुमुखी क्याम्पस व्यवस्थापन समिति एवं क्याम्पस प्रमुखसहितको टोलीले आइसोलेसन स्थापना गर्ने स्थानको अवलोकन गर्दै आवश्यक तयारी सुरु गर्ने निर्णय गरेको थियो । 

 

गत वर्ष पनि नमोबुद्धले जनक बहुमुखी क्याम्पस हातामै आइसोलेसन एवं क्वारेन्टाइन सञ्चालन गरेको थियो । यो वर्ष डिसिसिएमसीले कोभिड-१९ का बिरामीको उपचारका लागि धुलिखेल र शिर मेमोरियल अस्पतालसँगै मेथिनकोट अस्पताललाई पनि चयन गरिसकेको छ ।

 

बिहीबारसम्म नमोबुद्धमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८ रहेको छ । उनीहरू अहिले होम आइसोलेसनमा छन् ।