close

पाटन नगरको भ्रष्टाचारमा अख्तियारले थाल्यो अनुसन्धान

२ करोड बढी अनियमितता भएको भन्दै कागजात अख्तियारको नियन्त्रणमा

पाटन नगरको भ्रष्टाचारमा अख्तियारले थाल्यो अनुसन्धान

२ करोड बढी अनियमितता भएको भन्दै कागजात अख्तियारको नियन्त्रणमा

Trulli
ADVERTISEMENT

बैतडी- बैतडीको पाटन नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा अन्य स्थानीय तहको भन्दा फरक योजना बनाएको थियो । 

कोरोना प्रकोप फैलिएका बेला गत वैशाखमा सबै स्थानीय तहहरूले योजना बनाउँदै गर्दा पाटन नगरपालिकाले पनि आफ्नो योजना बनायो । करिब १२ योजनाबाट रकम कटौती गरी कोरोना व्यवस्थापन शीर्षकमा हालियो । 

कोरोना नियन्त्रणका क्रममा खटिने जनप्रतिनिधिलाई समेत दैनिक १ हजार ५ सय भत्ता दिने निर्णय ग¥यो । तर, उक्त कुरा सञ्चारमाध्यममा आएपछि र जनताको विरोधपछि जनप्रतिनिधिलाई भत्ता बाँड्ने निर्णय भने फिर्ता त लियो तर घुमाउरो शैलीमा उक्त रकमको दुरुपयोग नै गरिछाडे ।

पाटन नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण शीर्षकमा जिल्लाकै सबैभन्दा बढी १ करोड ६४ लाख ६८ हजार रकम खर्च गरेपछि स्थानीयले विरोध गरे । चोतर्फी विरोधपछि नगरपालिकाद्वारा १७ साउनमा नगरसभाबाट छानबिन समिति गठन गरियो । 

छानबिन समितिले कोरोनालगायत अन्य शीर्षकमा ५३ लाख १५ हजार ७ सय २१ रुपैयाँ अनियमितता भएको ठहर गर्दै असुलउपर गर्नुपर्ने प्रतिवेदन ९ असोजमा सार्वजनिक ग¥यो । 

छानबिन समिति सदस्य ललित ठगुन्ना भन्छन्, ‘पाटनमा व्यापक भ्रष्टाचार भएको छ, हामीले पटक–पटक छानबिन गर्न  नगरसभामा कसरा उठायौं तर कसैले सुनेनन् । हामीले अहिले ०७६÷७७ को मात्रै छानबिन गरेका हौं । यसअघिका वर्षमा झन् करोडौं रकम हिनामिना भएको आकलन गर्न सकिन्छ ।’

नगरसभा सदस्य भीमदत्त भट्ट संयोजकत्वको छानबिन समितिले गत आर्थिक वर्षमा ५३ लाख बढी रकम अनियमितता भएको कुरा बाहिर ल्याउन सके पनि अझै करिब २ करोड बढी रकम हिनामिना भएको छानबिन समितिको ठहर छ । 

छानबिन समिति संयोजक भट्टले भने, ‘हामीलाई माग गरेका कागजात पनि हेर्न दिइएन् । छानबिनमा अहोरात्र खटियौं र यत्तिसम्मको अनियमितता बाहिर ल्याउन सक्यौं । २ करोडभन्दा बढी

अनियमिमता भएको देखिन्छ । त्यसका पर्याप्त आधार हामीसँग छन् । प्रमाण जुटाउन बाँकी छ । हामी यहाँ भएको भ्रष्टाचार बाहिर ल्याउन प्रयत्न गर्नेछौं ।’

अख्तियारले थाल्यो छानबिन

पाटन नगरसभाको छानबिन समितिले उक्त अनियमितता बहिर ल्याउँदै गर्दा र नगरपालिकाको विरोध भइरहेका बेला  पालिका खबरले निरन्तर खबर प्रकाशन÷प्रसारण गरिरहँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत त्यहाँ नजर प¥यो । 

सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले पाटन नगरपालिका कार्यालयका कागजपत्र नियन्त्रणमा लिएको छ । 

कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि अख्तियारले कागजपत्र नियन्त्रणमा लिएको अख्तियार कार्यालयका कञ्चनपुरका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए ।
कोरोना नियन्त्रणको नाममा अनियमितताका गरेको भनेर फोन र लिखित उजुरीपछि अनुसन्धानका लागि कागजपत्र नियन्त्रमा लिइएको उनले जानकारी दिए । 

पाटन नगरपालिकामा नगरसभाबाट  गठित छानबिन समितिले पेस गरेको प्रतिवेदनसहित कोरोना जोखिम नियन्त्रणमा राहत सामग्री खरिद र वितरण, त्यसैगरी सवारी साधन खर्च विवरणसहितको फाइल अख्तियारले नियन्त्रणमा लिएको हो । 

छानबिन समितिले निकालेको प्रतिवेदनमा उल्लेख गरिएका बुँदाका आधारमा सबै कागजात लगेर अनुसन्धान गरिरहेको बताइएको छ । 

छानबिन समितिले कर्मचारीदेखि जनप्रतिनिधिले सवारी साधन प्रयोगका नाममा अनियमितता गरेको ठहर गरेको थियो ।

समितिले प्रतिवेदन सार्वजनिक गर्दै आफूहरूले औंल्याएको अनियमित खर्च असुलउपर गर्न नगरपालिकालाई आग्रह गरेको थियो । जवाफमा नगरप्रमुख केशबहादुर चन्दले छानबिन गरी अनियमितता गरेको भए असुलउपर गरिने बताएका थिए ।