close

पछिल्लाे २४ घण्टामा थपिए झण्डै ६ हजार नयाँ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै तीन हजार बढी

पछिल्लाे २४ घण्टामा थपिए झण्डै ६ हजार नयाँ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै तीन हजार बढी

Trulli
ADVERTISEMENT

काठमाडौं-  नेपालमा काेराेनाबाट संक्रमित हुनेको सख्या तीन लाख २३ हजार १८७ पुगेको छ । पछिल्लाे २४ घण्टामा देशभर पाँच हजार ७ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

 

हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३८ हजार ८१३ पुगेको छ । देशभर ९ सय २८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । हालसम्म २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ३ सय ९१ जनाको पिसिआर र ५ सय २५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको हो ।

 

२४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार २ सय ७९ पुगेको छ ।