close

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

Trulli
ADVERTISEMENT

रुपन्देही- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्रीकाे राजीनामा बारे जानकारी दिएका हुन् ।

 

पोखरेलले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् ।

 

विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । पोखरेलको राजीनामासँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

 

पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो ।