close

दिप्रुङ चुइचुम्मामा परीक्षा स्थगित 

दिप्रुङ चुइचुम्मामा परीक्षा स्थगित 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले शैक्षिक सत्र २०७७ का सबै तहको परीक्षा तथा पठनपाठन स्थगित गरेको छ । 

 

कोरोना भाइरसको बढ्दो संक्रमणबाट विद्यार्थीलाई जोगाउन गाउँपालिकाको गाउँ शिक्षा समिति बैठकले अर्को निर्णय नहुँदासम्म कक्षा ८ को गाउँपालिका स्तरीय परीक्षा, कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा एवं पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो । 


गाउँ शिक्षा समितिको शनिबार बसेको बैठकलगत्तै शिक्षा शाखा संयोजक मणिकुमार गिरीले जारी गरेको सूचनामा आगामी २० वैशाखदेखि हुने भनिएका सबै खाले परीक्षा तथा पठनपाठन स्थगित गरिएको जनाइएको छ । 

 

कोभिड-१९ को महामारीलाई दृष्टिगत गर्दै १६ देशि १९ वैशाखसम्म सामुदायिक विद्यालयको पठनपाठन स्थगित गरेको गाउँपालिकाले पुनः अर्को निर्णय नभएसम्मका लागि पठनपाठन स्थगित गरेको हो । 

 

परीक्षा तथा पठनपाठन स्थगित भए पनि सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई भने अनिवार्य विद्यालयमा उपस्थित हुन र शिक्षण सिकाइसम्बन्धी आ-आफ्ना विषयका कार्ययोजना निर्माण गर्न निर्देशन दिइएको छ ।