close

हलेसी तुवाचुङकी उपप्रमुख राई विज्ञ नियुक्त 

हलेसी तुवाचुङकी उपप्रमुख राई विज्ञ नियुक्त 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङकको हलेसी तुवाचुङ नगरपालिका उपप्रमुख विमला राई संघीयताको सबलीकरण र सरकारबीच समन्वय विषयगत समितिको विज्ञ नियुक्त भएकी छन् ।

 

राई कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को ३६ (१) (ङ) अनुसार कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत डा. रुद्र शर्मा संयोजक रहेको संघीयताको सबलीकरण र सरकारबीच समन्वय विषयगत समितिको विज्ञका रूपमा नियुक्त भएकी हुन् । 

 

कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले नेतृ राईलाई विज्ञ नियुक्त गरेको पत्र पठाएका छन् ।

 

नियुक्ति पत्रमा ‘प्रतिष्ठान प्रमुख, कार्यकारी निर्देशक, नीति निर्देशक तथा विषय संयोजकको समन्वयमा बसेर सम्बन्धित विषयमा पार्टीको नीति निर्माणमा सहयोग पुर्‍याउन’ भनिएको छ ।

 

नेतृ राई स्कुल अफ डेमोक्रेसी नेपालको जिल्ला अध्यक्ष पनि हुन् ।