close

सिन्धुलीको गोलन्जोरमा साताव्यापी निषेधाज्ञा

सिन्धुलीको गोलन्जोरमा साताव्यापी निषेधाज्ञा

Trulli
ADVERTISEMENT

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिकाले साताव्यापी लकडाउन घोषणा गरेको छ ।


जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि गाउँपालिकाले निषेज्ञा घोषणा गरेको हो ।

 

आइतबार बेलुकादेखि जारी गरेको निषेधाज्ञा २६ वैशाखसम्म रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । 

 

यस अवधिमा अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको सूचनामा उल्लेख छ । औषधी पसल, स्वास्थ्य सेवा, एम्बुलेन्सलगायत सेवा भने २४ सै घन्टा सञ्चालन हुन सक्नेछन् ।

 

खाद्यान्न पसल, डेरी, होटललाई बिहान २ घन्टा र बेलुका २ घन्टा खुल्न दिइनेछ ।