close

लुम्बिनी प्रदेशका कोभिड अस्पतालमा जनशक्ति व्यवस्थापन गरिँदै

लुम्बिनी प्रदेशका कोभिड अस्पतालमा जनशक्ति व्यवस्थापन गरिँदै

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेश सरकारले प्रदेशमा रहेका ४ वटा कोभिड-१९ अस्पतालका लागि करार दरबन्दी थप गर्ने निर्णय गरेको छ ।

 

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको पहिलो प्रदेश मन्त्रिपरिषद् बैठकले कोभिड अस्पतालका लागि आवश्यक ५ सय ८३ जना जनशक्ति थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

 

प्रदेश सरकारले आइसोलेसन सेवालाई निन्तरता दिने र अस्पतालका जनशक्तिको करार म्याद थप्ने निर्णय गरेको छ । करार थपअन्तर्गत लुम्बिनी प्रादेशिक अस्पताल कोरोना विशेष अस्थायी अस्पतालका लागि १ सय ८९, भीम अस्पताल भैरहवाका लागि ७१, भेरी अस्पताल नेपालगञ्जका लागि १ सय ५२, राप्ती प्रादेशिक अस्पताल बेलझुन्डी कोरोना विशेष अस्पतालका तुलसीपुरका लागि १ सय ७१ गरी जम्मा ५ सय ८३ जनाको करार दरबन्दी स्वीकृत भएको चौधरीले जानकारी दिए ।

 

प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकबाट कोभिड नियन्त्रण कोषमा रकम थप गर्नेसमेत निर्णय भएको छ । आर्थिक योजना तथा मामिला मन्त्रालयका तर्फबाट १० करोड रुपैयाँ रकम जम्मा गर्ने निर्णय भएको मन्त्री चौधरीले बताए ।