close

लालीगुराँस नगरपालिका बन्द

लालीगुराँस नगरपालिका बन्द

Trulli
ADVERTISEMENT

तेह्रथुम- कोरोना महामारीको संक्रमण बढ्न थालेपछि तेह्रथुमको लालीगुराँस नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा स्थगित गरेको छ ।


संक्रमण भयवह हुने अवस्था देखिएको र रोग रोकथाम नियन्त्रण तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै २१ देखि २७ वैशाखसम्म स्वास्थ्य संस्थाबाहेक अन्य सेवा प्रवाह स्थगित गरिएको हो ।

 

नगरपालिका कार्यालय तथा अन्तर्गतका वडाबाट प्रवाह हुने सेवा स्थगित गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर आले मगरले जारी गरेको सूचनामा उल्लेख छ ।