close

निषेधाज्ञामै बजार अनुगमनमा निस्कियो भक्तपुर 

निषेधाज्ञामै बजार अनुगमनमा निस्कियो भक्तपुर 

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको भक्तपुर नगरपालिकाले निषेधाज्ञाकै बीचमा बजार अनुगमन सुरु गरेको छ । नगरपालिकाले निषेधाज्ञामा दैनिक उपभोग्य सामानको कृत्रिम अभाव हुन नदिन बजार अनुगमन गरेको हो । 

 

नगरपालिकाको बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा व्यासीमा रहेका ६ वटा पसलको बजार अनुगमन गरिएको हो ।

 

नगरपालिकाले कोभिड-१९ को महामारी फैलिएका बेला मास्क, पन्जा, स्यानिटाइजर र सामाजिक दूरी अपनाएर पसल सञ्चालन भए-नभएको र खाद्यवस्तुमा कृत्रिम अभाव देखाई मूल्य वृद्धि र कालोबजारी हुन नदिन बजार अनुगमन गरेको हो ।

 

अनुगमन टोलीले सिलबन्दी मादक पदार्थ स्टोरमा अनुगमन गर्दै पसल नवीकरण गर्र्न, मूल्यसूची राख्न, म्याद नाघेको सामान जम्बो स्प्राइट १ वटा, जम्बो कोकाकोला ७ वटा, जम्बो फ्यान्टा २ वटा, स्टिङ जुस १, बदामको जुस ३ वटा, लाक्मे फ्रेस स्टाइल १ वटा जफत गरी नष्ट गरिएको छ ।

 

अनुगमन टोलीले लक्ष्मी किरान पसललाई नवीकरण गर्र्न, मूल्यसूची राख्न, प्याकेजिङ सामानका लागि खाद्यमा अनुज्ञापत्र लिई लेबल राखी मात्र बिक्री वितरण गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न, खरिद र बिक्री बिल प्रयोग गर्न निर्देशन दिएको छ । 

 

सुन्दर भेज स्टोरलाई नवीकरण गर्न र प्याकेजिङ सामानका लागि खाद्यमा अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्न निर्देशन दिएको छ ।

 

अनुगमनको क्रममा टोली विभिन्न किराना पसलमा फेला पारिएका म्याद नाघेका सामान नष्ट गरिएको छ । दर्ता नभएका पसललाई दर्ता गर्न तथा मूल्यसूची राख्न निर्देशन दिइएको छ ।