close

कोभिड नियन्त्रण गर्न थाहाले बनायो सर्वदलीय समिति

कोभिड नियन्त्रण गर्न थाहाले बनायो सर्वदलीय समिति

Trulli
ADVERTISEMENT

मकवानपुर- मकवानपुरको थाहा नगरपालिकामा कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्वदलीय समिति गठन गरिएको छ । 


नगरपालिका प्रमुख लवशेर विष्टको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो । समितिमा पालुङ जेसिज, पालुङ लाइन्स, रोटरी क्लब र स्थानीय राजनीति दलका प्रतिनिधि सदस्य रहेका छन् । 

 

नगरपालिकाको १ देखि १२ वडाका कोभिड-१९ संक्रमित बिरामीको पहिचान र जनचेतना अभियान सञ्चालन गर्न घरदैलो कार्यक्रम सञ्चालन गरिने प्रमुख विष्टले बताए ।

 

संक्रमितको उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई नगरपालिकाले प्रोत्साहन भत्ताबापत क्रमशः ५० र २५ प्रतिशत उपलब्ध गराउने निर्णय गरेको छ ।

 

नगरपालिकाको १२ वटै वडामा वडाध्यक्षको अध्यक्षतामा सर्वदलीय समिति गठन गरी बिरामीको तथ्यांक संकलन गरिने प्रमुख विष्टले जानकारी दिए । 

 

नगरपालिकाभित्र सोमबारसम्म ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको छ ।