close

कालोपत्रेले चम्किँदै राजाबास-भान्टाबारी सडक 

कालोपत्रेले चम्किँदै राजाबास-भान्टाबारी सडक 

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिकाको वडाका सडकलाई कालोपत्रे गरिन थालेको छ । त्रियुगा नगरपालिकाको वडा नम्बर ८ र राजाबासदेखि खाटमन्दिर हुँदै भान्टाबारीसम्म जोड्ने सडक भर्खरै कालोपत्रे भएको छ ।

 

सघन सहरी विकास तथा भवन निर्माण आयोजना सप्तरी राजविराजबाट सञ्चालित ४ किलोमिटर सडक कालोपत्रे भएको हो ।


सम्झौता भएको डेढ वर्षभित्र सो सडक स्तरोन्नति भएको हो । राजाबासदेखि खाटमन्दिर हुँदै भान्टाबारीको ऐतिहासिक थलो खाटमन्दिरसम्मको सडक स्तरोन्नति भएपछि यस क्षेत्रको विकासले काँचुली फेर्ने स्थानीय सुनाउँछन् ।

 

सडक कालोपत्रेले गरिएपछि चुहाडे हुँदै खाटमन्दिर आउजाउ सहज भएको स्थानीय हिमाल खड्काले बताए । सडक कालोपत्रे भएपछि कृषि उपजको बजार र स्थानीयले लाभ लिन सक्ने निर्माणको जिम्मा पाएको जोशी-पवित्र निर्माण सेवाले बताएको छ ।

 

करिब ४ करोड रुपैयाँ लागतमा सडक कालोपत्रे गरिएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना राजविराजका प्रमुख डिई सुरेन्द्रकुमार साहले जानकारी दिए ।