close

उदयपुर कोभिड अस्पताल बेल्टारलाई ६० शय्याको बनाइँदै

उदयपुर कोभिड अस्पताल बेल्टारलाई ६० शय्याको बनाइँदै

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको कोभिड अस्पतालमा बेड थप्ने तयारी भएको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ सातधारेमा रहेको उदयपुर कोभिड अस्पताललाई ४० बेडबाट ६० बेडको बनाउने तयारी थालिएको हो ।


जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) का अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईं, प्रहरी उपरीक्षक भीमबहादुर दाहाल, सशस्त्र प्रहरी उपरीक्षक सुधीर सुवेदीसहितको टोलीले उदयपुर कोभिड अस्पताल बेल्टारको निरीक्षण तथा अवलोकनपछि चौदण्डीगढी नगरपालिकामा नगरप्रमुख खगेन्द्र राई सम्मिलित अनौपचारिक बैठकले अस्पतालको बेड क्षमता ४० बाट बढाएर ६० पुर्‍याउने निर्णय गरेको हो ।

 

कुनै पनि समय कोरोना संक्रमित व्यक्ति आउन सक्ने भएकाले उदयपुर कोभिड अस्पताललाई तम्तयार राख्न छलफल भएको छ । चौदण्डीगढी नगरपालिका नगर स्वास्थ्य शाखाका अनुसार हाल नगर अस्पताल बेल्टारमा ४ ठूला र २ साना अक्सिजन सिलिन्डर रहेकामा थप १० सिलिन्डर खरिद गरिने भएको छ ।

 

यो अक्सिजन उदयपुर कोभिड अस्पतालका लागि प्रयोग गर्न सकिने चौदण्डीगढी नगर स्वास्थ्य शाखाका कोरोना फोकल पर्सन तेजबहादुर पोखरेलले जानकारी दिए ।


प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित चौदण्डीगढी नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, नगर स्वास्थ्य शाखा उपप्रमुख सम्मिलित छलफलले नगरभन्दा बाहिरबाट आउनेलाई स्थानीय वडाध्यक्ष, सदस्य र टोल विकास संस्थाका अध्यक्षबाट निगरानी गर्ने, सक्रमण भएकालाई होम आइसोलेसनमै राख्ने, असहज भए तत्काल कोभिड अस्पताल ल्याएर उपचार गर्ने र कन्ट्याक ट्रेसिङलाई तिव्रता दिने निर्णय भएको छ ।

 

चौदण्डीगढी नगरपालिकाको रामप्रसाद राई रंगशालामा ८ बेडको आइसोलेसनलाई समेत तयारी अवस्थामा राख्ने निर्णय भएको नगरप्रमुख खगेन्द्र राईले जानकारी दिए । 

 

उदयपुरमा एकै दिन थपिए ३३ जना संक्रमित 


उदयपुरमा एकै दिन ३३ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक कोभिड प्रयोगशाला विराटनगरमा २१ वैशाखमा गरिएको पिसिआर परीक्षणबाट त्रियुगा नगरपालिकाका ९ महिला र १५ पुरुष गरी २४ जना, चौदण्डीगढी नगरपालिकाका १ महिला र ४ पुरुष गरी ५ जना र उदयपुरगढी गाउँपालिकाका १ महिला र २ पुरुष गरी जम्मा ३३ जना थपिएका हुन् ।

 

कोरोना संक्रमित भएकामध्ये १ जना जिल्ला प्रशासन कार्यालय उदयपुरका लेखा शाखाका कर्मचारी हुन् । ३ जना जिल्ला अस्पताल गाईघाटका स्वास्थ्यकर्मी र १ जना उदयपुरगढी गाउँपालिकाका कर्मचारी रहेका छन् । बाँकी सबै सर्वसाधारण नागरिक रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख माहेनप्रसाद सुवेदीले बताए । गत शनिबार र आइतबार स्वाब संकलन गरी विराटनगर पठाएकमा परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट आएको हो । 

 

२१ वैशाखमा आएको रिपोर्टमा गाईघाटमा ७४ जनाको पिसिआर संकलन गरिएकामध्ये ५५ जनाको परीक्षण गर्दा १५ जना र कटारीमा १४ जनाको पिसिआर संकलन गर्दा ६ जनामा संक्रमण देखिएका हुन् । बाँकी एन्टिजेन परीक्षण गर्दा संक्रमित भेटिएका हुन् ।

 

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जिल्लाभित्रका शंकास्पद बिरामीको स्वाब परीक्षण र एन्टिजेन दुवै प्रविधिबाट परीक्षण गरिरहेको छ । १९ जनाको भने रिपोर्ट आउन बाँकी रहेको छ ।

 

अहिलेसम्म उदयपुरमा २७ महिला र ५१ पुरुषसहित ७८ जनामा संक्रमण भेटिएको छ । यसमध्ये कटारी नगरपालिका ६, चौदण्डीगढी नगरपालिका १०, त्रियुगा नगरपालिका ५४, बेलका नगरपालिका २, उदयपुरगढी गाउँपालिका ३ र रौतामाई गाउँपालिकाका ५ जनामा संक्रमण पुष्टी भएको छ । २ जना कोरोना मुक्त हुँदा २ जनाकै संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका तथ्यांक अधिकृत उमेश लुइँटेलले जानकरी दिए ।

 

दोस्रो चरणमा उदयपुरका ताप्ली गाउँपालिका र लिम्चुङ्बुङ गाउँपालिकामा भने अहिलेसम्मा संक्रमित भेटिएका छैनन् । सक्रिय संक्रमित कोभिड अस्पताल र होम आइसोलेसनमा बसेका छन् ।

 

कुन पालिकामा कति संक्रमित ?

कटारी नगरपालिका
२ महिला र ४ पुरुष गरी ६ जना संक्रमित

चौदण्डीगढी नगरपालिका
२ महिला र ८ पुरुष गरी १० जना संक्रमित 

त्रियुगा नगरपालिका
२० महिला र ३५ पुरुष गरी ५४ जना संक्रमित

बेलका नगरपालिका
१ महिला र १ पुरुष गरी २ जना संक्रमित 

उदयपुरगढी गाउँपालिका
१ महिला र २ पुरुष गरी ३ जना संक्रमित 

रौतामाई गाउँपालिका
१ महिला र ४ पुरुष गरी ५ जना संक्रमित