close

लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले छाडे एमाले

लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले छाडे एमाले

Trulli
ADVERTISEMENT

रूपन्देही- एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले नेकपा एमाले छाडेका छन् ।

 

उनले प्रदेशसभाका सभामुखलाई राजीनामा दिएको सचिवालयले जनाएको छ । डाँगी माओवादी केन्द्र प्रवेश गरेका हुन् । डाँगी मुख्यमन्त्री पोखरेलका एउटै गाउँ र ठाउँका नेता हुन् । यसअघि उनी एमालेमा माधवकुमार नेपाल पक्षधर मानिन्थे ।

 

उनी घोराही उपमहानगरका पूर्वमेयर पनि हुन् । यसअघि एमालेकै प्रदेशसभा सदस्यले दृगनारायण पाण्डेयले राजीनामा दिएका थिए भने तत्कालीन नेकपाबाट प्रदेशसभामा निर्वाचित विमला वलीले माओवादी केन्द्र रोजेकी थिइन् ।


सूर्य चुनाव चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका धर्मबहादुर, लाल श्रीवास्तव र अजय शाही पनि नयाँ सरकार गठनको पक्षमा उभिएका थिए । तर, श्रीवास्तव र शाही पोखरेलको पक्षमा फर्किएका छन् । श्रीवास्तव मन्त्री भएका छन ।