close

चौबीसै घन्टा अक्सिजन उद्योग सञ्चालन गर्न ललितपुर प्रशासनको निर्देशन

चौबीसै घन्टा अक्सिजन उद्योग सञ्चालन गर्न ललितपुर प्रशासनको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं- जिल्ला प्रशासन कार्यालयले ललितपुरले जिल्लाभित्र सञ्चालित अक्सिजन उत्पादन गर्ने ३ वटा उद्योगलाई चौबीसै घन्टा सञ्चालन गर्न निर्देशन दिएको छ ।

 

निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत नेतृत्वको टोलीले हरिसिद्धिमा रहेको कान्तिपुर अक्सिजन प्रालि, पाटनको सगरमाथा अक्सिजन नेपाल र महालक्ष्मी नगरपालिकामा रहेको सोपान मेडिकल अक्सिजनको निरीक्षण गर्दै देशभर देखिएको अक्सिजन अभावलाई ध्यानमा राखी चौबीसै घन्टा उद्योग सञ्चालन गर्न निर्देशन दिएको हो ।

 

प्रयोगकर्ताले धरौटीबिनै सिलिन्डर लैजाने र फिर्ता नगर्ने समस्या देखिएकाले त्यसका लागि प्रहरीले सहयोग गर्ने प्रशासनले बताएको छ । कतिपयले सिलिन्डर लुकाउने र भारत तस्करी गर्ने सम्भावनासमेत देखिएको निरीक्षणका क्रममा देखिएको टोलीले बताएको छ ।

 

३ वटै उद्योगलाई अक्सिजन वितरणको विवरण राखी जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई जानकारी गराउन पनि प्रशासनले निर्देशन दिएको छ । ३ वटै उद्योगमा गरी दैनिक जम्मा २ हजार ७ सय सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता छ ।