close

शय्या खोज्दाखोज्दै जनप्रतिनिधिको गयो ज्यान

शय्या खोज्दाखोज्दै जनप्रतिनिधिको गयो ज्यान

Trulli
ADVERTISEMENT

काठमाडौं- बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का कोरोना संक्रमित वडा सदस्य नवीन थापा मगरको अस्पतालमा शय्या खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको छ ।


एमाले वडाध्यक्षसमेत रहेका ४४ वर्षीय थापा ७ दिनअघि संक्रमित भए पनि बेड अभावका कारण होम आइसोलेसनमा थिए ।

 

‘३ दिनअघि शय्या खोज्न आफैं अस्पतालमा गए पनि नपाएपछि घरमै अक्सिजन लिएर आउनुभएको थियो ।

 

बिहीबार समस्या बढेपछि क्रिमसन अस्पताल लगिए पनि आइसियु, भेन्टिलेटर नभएपछि भैरहवामा अस्पताल खोज्दै गर्दा एम्बुलेन्समै निधन भयो’, सोही वडाका विकासजंग बस्नेतले भने ।

 

वडाध्यक्ष कमलप्रताप थापाले समयमै उपचार नपाएका कारण मगरको मृत्यु भएको बताए । ‘जनप्रतिनिधिले नै यस्तो अवस्थामा भोग्नु परेपछि अरूको अवस्था के होला ? महामारीले घेरिसक्यो,’ बुटवल उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले भने । स्व. मगरका श्रीमती र १ छोरी छन् ।