close

अक्सिजनका खाली सिलिन्डर अस्पताललाई दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

अक्सिजनका खाली सिलिन्डर अस्पताललाई दिन स्वास्थ्य मन्त्रालयको निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनका खाली सिलिन्डर अस्पताललाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

 

मन्त्रालयको अनुगमनका क्रममा धेरै खाली सिलिन्डर उद्योग, व्यवसायी आफैंले राख्ने गरेको पाइएकाले यस्ता सिलिन्डर अस्पतालमा कोभिड-१९ का संक्रमितको उपचारका लागि उपलब्ध गराउन आग्रह गरेको हो ।

 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिन्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकाले उद्योग व्यवसायी र सरोकारवालालाई त्यस्ता सिलिन्डर अस्पताललाई उपलब्ध गराउन अनुरोध गरेका हुन् ।

 

अक्सिजन सिलिन्डरको संख्या ६२८८ रहेकामा दैनिक १४११.५ लिटर खपत भइरहेको मन्त्रालयले बताएको छ । उनका अनुसार धेरैभन्दा धेरै सिलिन्डर भरेर नागरिकको ज्यान बचाउन अस्पताललाई उपलब्ध गराउन भनिएको हो ।

 

मन्त्रालयले खाली र भरेर भण्डारण गरेको पाइए संक्रामक रोग ऐन, २०२० को आधारमा अनुगन गरी कारबाही गर्ने चेतावनी दिएको छ । अधिकारीले संक्रमितको उपचारका लागि अत्यावश्यक पर्ने अक्सिजन तथा अक्सिजन सिलिन्डर अझै पनि सरकारको निर्णयविपरीत धेरै उद्योगमा प्रयोग भइरहेको बताए ।