close

थाहा नगरका अटोरिक्सालाई एम्बुलेन्स बनाइँदै

थाहा नगरका अटोरिक्सालाई एम्बुलेन्स बनाइँदै

Trulli
ADVERTISEMENT

मकवानपुर- मकवानपुरमा समुदाय स्तरमै कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मकवानपुरको थाहा नगरपालिकाले नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने भएको छ । 

 

नगरपालिकामा रहेका एम्बुलेसले धान्न नसक्ने अवस्था आउन सक्ने सम्भावना देखेर बिरामी बोक्ने विकल्पका रूपमा अटो प्रयोग गर्ने निष्कर्षमा पुगेको नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले बताए । 


‘हाल नगरपालिकाभित्र ६ वटा एम्बुलेन्स सञ्चालनमा छन् । नगरमा कोरोना संक्रमणको दर बढ्दै गएकाले यहाँ सञ्चालित अटोलाई पनि तयारी अवस्थामा राख्न लागिएको छ’, उपप्रमुख गोपालीले भने ।

 

समयमै एम्बुलेन्स पाउने अवस्था नहुन सक्ने र जारी निषेधाज्ञाका कारण यातायातका अन्य साधन नपाउने स्थिति भएपछि प्रत्येक वडामा अटो प्रयोग गर्न लागिएको उनको भनाइ छ ।

 

नगरपालिकाले नगरस्थित अटो व्यवसायी संघसँग प्रत्येक वडामा एउटा अटोलाई चौबीसै घन्टा तयारी अवस्थामा राख्ने गरी सहमति गरेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिए । 

 

ती अटोले वडाबाट नगरभित्रको स्वास्थ्य संस्थासम्म बिरामी पु¥याउनेछन् । त्यसरी प्रयोग हुने अटोका चालक पछाडिको भागमा प्लास्टिकले बारेर सुरक्षित बनाइनेछ । 

 

बिरामी बोक्न प्रयोग नभएको अवस्थामा ती अटोलाई अत्यावश्यक सामान ढुवानीमा समेत प्रयोग गर्न सकिने गरी सहमति भएको नगरपालिकाका सूचना अधिकारी भुजेलले बताए ।

 

नगरमा वडा नम्बर ३ मा २३ र ४ मा ११ जनासहित हाल ८० जना कोरोना संक्रमित छन् । उनीहरूमध्ये ७६ जना होम आइसोलेसनमा छन् भने ४ जनालाई विभिन्न अस्पतालमा रिफर गरिएको छ ।