close

३५ शय्याको आइसोलेसन बनाउँदै पूर्वीचौकी 

कोभिड बिरामीको निःशुल्क उपचार

३५ शय्याको आइसोलेसन बनाउँदै पूर्वीचौकी 

कोभिड बिरामीको निःशुल्क उपचार

Trulli
ADVERTISEMENT

डडेल्धुरा- डोटीको पूर्वीचौकी गाउँपालिकाले अक्सिजनसहित ३५ शय्याको आइसोलेसन सेन्टर निर्माण गर्ने भएको छ । कोभिड-१९ को दोस्रो चरणमा संक्रमण फैलिँदै गएपछि गाउँपालिकाले आइसोलेसन बनाउने भएको हो ।

 

पालिकाको केन्द्र सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयलाई आइसोेलेसन बनाउने निर्णय कार्यपालिकाबाट गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले बताए । आइसोलेसन निर्माणका लागि अस्पतालमा प्रयोग हुने ३५ वटा बेड ल्याइसकिएको उनले जानकारी दिए ।

 

‘आइसोलेसन व्यवस्थापन गर्ने कामको थालनी भइसकेको छ । अक्सिजन सिलिन्डर राख्न आपूर्तिकर्तासँग समन्वय भइरहेको छ,’ उनले भने ।

 

गाउँपालिकाले सञ्चालनमा ल्याएका २ वटा बसलाई पनि आवश्यकताका आधारमा एम्बुलेन्सका रूपमा प्रयोग गर्न सकिने भएको छ । कोभिडबाट संक्रमित सबै बिरामीको गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।