close

बेलका नगरप्रमुखको गाडी कोभिड प्रभावितका लागि

बेलका नगरप्रमुखको गाडी कोभिड प्रभावितका लागि

Trulli
ADVERTISEMENT

उदयपुर- उदयपुरको बेलका नगरपालिकाका नगर प्रमुख दुर्गाकुमार थापाले आफू चढ्ने सरकारी गाडी कोभिडका बिरामीका लागि उपलब्ध गराएका छन् ।

 

नगरप्रमुख थापाले चढ्ने गरेको स्कारपियो गाडी कोभिड प्रभावितको सेवामा समर्पित गरेपछि कोभिडका बिरामीलाई अस्पताल लैजान प्रयोग गरिनेछ । उदयपुरमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै नगर प्रमुख थापाले यस्तो उद्घोष गरेका हुन् ।

 

कोरोनाबाट प्रभावितको उपचारमा सहजताका लागि सरकारले दिएको आफ्नो सुविधाको गाडी उपलब्ध गराउने निर्णय भएको उनले बताए ।


थापा कोरोना प्रभावितका लागि आफ्नो गाडी उपलब्ध गराउने जिल्लाकै पहिलो नगरप्रमुख बनेका छन् ।