close

महाकाली प्रादेशिक अस्पताललाई भीमदत्तले दियो २० लाख

महाकाली प्रादेशिक अस्पताललाई भीमदत्तले दियो २० लाख

Trulli
ADVERTISEMENT

कञ्चनपुर- कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा कारोना संक्रमित बढ्दै गएपछि अक्सिजन अभाव भएको छ । अस्पतालमा अक्सिजन अभावका कारण संक्रमितमा जटिल समस्या देखिन थालेको छ ।


अक्सिजन अभावलाई सहयोग पुर्‍याउन भीमदत्त नगरपालिकाले अस्पताललाई २० लाख रुपैयाँ सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र विष्ट र उपप्रमुख सुशीला चन्द सिंहले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीलाई चेक हस्तान्तरण गरे ।

 

महाकाली अस्पतालमा कोरोना संक्रमितको उपचार सहज बनाउने उद्देश्यले नगरपालिकाले सहयोग गरेको हो । 

 

भीमदत्तका नगरप्रमुख विष्टले कोरोना संक्रमितको उपचार सहजताका लागि अक्सिजन आपूर्ति गर्न अस्पताललाई सहयोग गरिएको बताए । संक्रमितको उपचार र अस्पताल व्यवस्थापनका लागि नगरपालिका सधैँ प्रतिबद्ध रहेको उनको भनाइ छ ।