close

शंखरापुर-४ का वडाध्यक्ष तामाङको कोरोनाले लियो ज्यान

शंखरापुर-४ का वडाध्यक्ष तामाङको कोरोनाले लियो ज्यान

Trulli
ADVERTISEMENT

काठमाडौं- नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण शंखरापुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ । उनलाई कोभिड भएपछि उपचारका लागि गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ स्थित नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो । 


वडाध्यक्ष तामाङको उपचारका क्रममा शनिबार दिउँसो निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिए । उनको यही २१ वैशाख मा साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालले स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकामा पोजेटिभ रिपोर्ट आएको थियो । 

उनलाई १ रात नगर अस्पताल इनयणीमै राखी उपचार गरिएको थियो । नगर अस्पतालमा उपचार गराइरहेका बेला वडाध्यक्ष तामाङलाई अप्ठेरो भएपछि थप उपचारका लागि