close

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका प्रमुखको निधन

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका प्रमुखको निधन

Trulli
ADVERTISEMENT

मुगु- डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका प्रमुख ओमबहादुर बुढाको मृत्यु भएको छ । नगरपालिका प्रमुख बुढाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

बुढाको मृत्युसँगै कोरोना संक्रमणले डोल्पामा दुई दिनको फरकमा २ जना नेताको ज्यान गएको छ । २ दिनअघि पूर्वमन्त्री मोतीप्रसाद पहाडीको पनि कोरोनाकै कारण ज्यान गएको थियो ।

एमालेका जिल्ला नेता बुढाले विकासप्रेमी र इमानदार राजनीतिज्ञका रूपमा छवि बनाएका थिए । बुढालाई कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको सुमेरु अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा नगरप्रमुख बुढाको निधन भएको उनको पारिवारले जानकारी दिएको हो ।