close

सिन्धुलीका जनप्रतिनिधिको गाडी एम्बुलेन्स बनाइँदै

सिन्धुलीका जनप्रतिनिधिको गाडी एम्बुलेन्स बनाइँदै

Trulli
ADVERTISEMENT

सिन्धुली- सिन्धुलीमा कोरोनाबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ । कोरोना संक्रमितलाई बोक्न एम्बुलेन्सले आनाकानी गरेपछि समस्या भइरहेको छ ।


घ्याङलेख गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र तीनपाटन गाउँपालिका उपाध्यक्ष आफूले प्रयोग गर्ने गाडीलाई कोरोना संक्रमित बोक्न एम्बुलेन्सका उपलब्ध गराएका छन् ।

 

निषेधाज्ञाका कारण सवारी साधन सञ्चालन हुन नसकेको र एम्बुलेन्सको समेत सहज पहुँच हुँदा नागरिकले सास्ती बेहोर्नुपरेपछि आफूहरूले प्रयोग गर्दै आएको गाडी संक्रमितलाई अस्पतालसम्म लैजान र त्यहाँबाट घर पुर्‍याउन प्रयोग गर्न दिइने उनीहरूले बताए ।

 

गाउँपालिका अध्यक्ष जगत भोलन र उपाध्यक्ष दुर्गादेवी सुनुवारले प्रयोग गर्दै आएको सवारी साधन कोरोनाबाट संक्रमित भएकाको उपचारार्थ एम्बुलेन्सका लागि दिएका हुन् ।

 

घ्याङलेख गाउँपालिकाको मातहतमा एउटा मात्र एम्बुलेन्स रहेकाले त्यसले नागरिकलाई सेवा दिन सहज हुँदा सरकारी सेवाको गाडीलाई एम्बुलेन्स बनाउने निर्णय गरिएको अध्यक्ष भोलनले बताए ।

 

तीनपाटन गाउँपालिकामा कोरोना संक्रमितको संख्या बढ्सँगै एम्बुलेन्स अभाव भएपछि उपाध्यक्ष पदममाया तामाङले चढ्दै आएको गाडी बिरामीको सेवाका लागि प्रयोगमा ल्याइने भएको छ ।

 

उपाध्यक्ष तामाङले भनिन्, ‘कोरोनाका कारण नागरिकलाई अस्पताल पु¥याउन समस्या परेपछि गाउँपालिकाको बा२झ ४१६३ नम्बरको बोलेरो गाडी संक्रमितको उपचारमा प्रयोग गर्ने गरी पालिकाको स्वास्थ्य शाखामा जिम्मा लगाइएको छ ।’

 

एम्बुलेन्स पर्याप्त नहुँदा र अन्य सवारी साधनले बिरामीलाई बोक्न नमानेपछि यतिबेला संक्रमित समस्यामा पर्दै आएका छन् ।