close

बाँकेमा कोरोना प्रभाव : वडा सदस्य थारु रहेनन्

बाँकेमा कोरोना प्रभाव : वडा सदस्य थारु रहेनन्

Trulli
ADVERTISEMENT

बाँके- कोरोना संक्रमणबाट बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडासदस्य तारा कसेराको आइतबार मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ निवासी ४९ वर्षका कसेराको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले जानकारी दिए ।  

वडासदस्य कसेरा विगत एक सातादेखि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएकोमा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि मृत्यु भएको अध्यक्ष थारुले बताए। सुगर र प्रेसरको समस्याले ग्रसित रहेका वडा सदस्य कसेर विगत १५-२० दिनदेखि कोरोना संक्रमित भई उपचार गराईरहेका थिए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८३ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आएका १ सय ३७ जनाको मृत्यु भइसकेको छ ।