close

नेपाल खेमाको निर्णयः ९ बजेको अल्टिमेटम १२ बजेसम्म सर्यो, माग पुरा नभए अनुपस्थित

नेपाल खेमाको निर्णयः ९ बजेको अल्टिमेटम १२ बजेसम्म सर्यो, माग पुरा नभए अनुपस्थित

Trulli
ADVERTISEMENT

काठमाडौं- प्रधानमन्त्री केपी ओलीको आग्रहपछि सांसद पदवाट राजीनामा दिने अडानबाट नेकपाको माधव नेपाल पक्षधर नेताहरुपछि हटेका छन् ।


 विहानै सिंहदरवारमा राजीनामा दिन भन्दै भेला भएका सांसदहरु ओलीको गिना सिग्नल पाएपछि  आज एक बजे संसदमा हुने मतदानमा अनुपस्थित हुने भन्दै  बाहिरिएका छन् ।


ओलीले दोस्रो तहका नेतामार्फत सम्वाद गरौं भनेपछि राजीनामा दिने निर्णयवाट पछि हट्दै एक बजेसम्म कुर्ने निष्कर्षमा नेपाल खेमा पुगेको हो ।


ओलीले मध्यमार्गी बाटोबाट अघि वढौं  भनेपछि बिहान नों बजेसम्मका लागि दिएको अल्टिमेटम अव १२ बजेसम्मलाई सरेको छ ।


ओलीले १२ जेभित्र माग सम्वोधनमा लचकता देखाए मतदानमा सहभागी भएर ओलीका पक्षमा मतदान गर्ने नत्र अनुपस्थित हुने माधव नेपाल पक्षका नेताहरुको निर्णय छ ।