close

रेडक्रसको गतिविधिबाट मन्त्री नै असन्तुष्ट, गतिशिल र पारदर्शी बनाउन निर्देशन

रेडक्रसको गतिविधिबाट मन्त्री नै असन्तुष्ट, गतिशिल र पारदर्शी बनाउन निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं– महिला बालबालिका तथा समाज कल्याण मन्त्री जुली कुमारी महतोले रेडक्रसका गतिविधि पारदर्शी नभएकोतर्फ संकेत गर्दै गतिशिल र पारदर्शी बनाउन नेपाल रेडक्रसले आफना गतिविधिको समिक्षा गर्न निर्देशन दिएकी छिन् । 

 

नेपाल रेडक्रस सोसाइटीद्धारा काठमाडौंमा ‘भर्चुअल’ माध्यमबाट आयोजित एक विशेष कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रसका स्वयंसेवकहरुले आधारभूत सिद्धान्त अनुरुप गतिविधि प्रतिविम्बित भए नभएको समीक्षा गर्दै अगाडी बढनुपर्ने मन्त्री महतोले बताएकी रेडक्रसद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।  

 

रेडक्रसकर्मीको आचरण र व्यवहारप्रति असन्तृष्टि जनाएकी मन्त्रिले कोभिड १९ महामारी न्यूनीकरण तथा रोकथामका लागि नेपाल रेडक्रसले गरेका कार्यको निरन्तरताको अपेक्षा रहेको बताएकी छिन् । यसअघिका भूकम्प, बाढी लगाएयतका आपत्कालीन अवस्थामा रेडकसकर्मीले पुर्याएको सेवाको उच्च प्रशंसा गर्दै रेडक्रसलाई अहिले पनि सोही उत्साहका साथ काम गर्न अनुरोध गर्दै सरकार सहयोग गर्न सँधै तयार रहेको मन्त्री महतोले बताईन् । 

 

हरेक वर्ष रेडक्रस अभियानका प्रवद्र्धक जँ हेनरी ड्युनाको जन्म दिन मे ८ को अवसर पारेर मनाइने विश्व रेडक्रस दिवस यसवर्ष ‘अनक्टपेवल’ (निरन्तरता) भन्ने नाराका साथ विश्वव्यापी रुपमा मनाइएको छ । 

 

बैठकलाई सम्बोधन गर्दै गृह सचिव महेश्वर न्यौपानेले अब रेडक्रस कानून नै आउने बताए । 

 

रेडक्रसको अन्तराष्ट्रिय समितिका नेपाल प्रमुख अजमद अहमद उल्लाले समुदायसँग अझै नजिक रहेर महामारी तथा विपद्को रोकथाम तथा नियन्त्रणमा लाग्न नेपाल रेडक्रसलाई अनुरोध गर्नुभयो । 

 

आइसीआरसीका नेपाल प्रमुख जेरोमले रेडक्रस सिद्धान्तका आधारमा विश्वमा रेडक्रसका स्वयंसेवक तथा कर्मचारी मानवीय सेवामा समर्पित हुदै आएको बताउनुभयो । 

 

दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गर्ने मानवीय सेवाको लागि अनलाईन डोनेशन गर्न सकिने एप्लिकेशनको पनि शुभारम्भ गरिएको छ । नेपाल रेडक्रसका अध्यक्ष डा. नेत्र तिम्सिनाले कोभिड महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल रेडक्रसले उपत्यका र बाहिरका जिल्लामा सञ्चालन गर्न सकिने थप गतिविधिहरुको तयारी र योजनाका बारेमा पनि जानकारी दिए । 

 

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री पिताम्बर अर्यालले रेडक्रस कानुनको अभावमा संस्थामा देखिएका चुनौती र समस्याका बारेमा जानकारी गराउदै रेडक्रस कानुनको निर्माणमा सबै पक्षको सहयोगका लागि अपिल गरे । 

 

विश्वमा रेडक्रस अभियान शुरु भएको एक सय वर्षपछि स्थापना भएको नेपाल रेडक्रलले आफ्नो सेवाको ५८ वर्ष पुरा गरिसकेको छ । हाल सोसाइटीका ७७ जिल्ला शाखा र करिब १५ सय सांगठनिक निकायहरुमा आवद्ध १० लाख बढी सदस्यहरु मानवीय सेवा संलग्न छन् । बैठकमा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय पदाधिकारीहरु, प्रदेश तथा जिल्ला शाखाका पदाधिकारीहरु, साझेदार निकायका प्रतिनिधिहरु र रेडक्रस कर्मचारीहरुको संलग्नता रहेको थियो ।