close

मनकारी नगरप्रमुख: जसले जनताका लागि आफ्नाे निजी गाडी बनाए एम्बुलेन्स

बेनी नगरप्रमुखका २ निजी गाडी एम्बुलेन्स बने

मनकारी नगरप्रमुख: जसले जनताका लागि आफ्नाे निजी गाडी बनाए एम्बुलेन्स

बेनी नगरप्रमुखका २ निजी गाडी एम्बुलेन्स बने

Trulli
ADVERTISEMENT

म्याग्दी- कोरोना संक्रमितको सुविधाका लागि बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले २ वटा निजी गाडी उपलब्ध गराएका छन् । 


नगर क्षेत्रमा बढ्दो कोरोना संक्रमणको कारण बिरामीलाई अस्पतालसम्म लैजान यातायात असुविधा नहोस् भन्ने उद्देश्यले नगरप्रमुख श्रेष्ठले निजी गाडी उपलब्ध गराएका हुन् ।

 

श्रेष्ठले बिहीबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई गाडी हस्तान्तरण गरे । 

 

नगरभित्रका कोरोना संक्रमितलाई अस्पतालसम्म ल्याउन सवारी साधन अभाव नहोस भनेरै २ वटा निजी गाडी नगरपालिकालाई हस्तान्तरण गरेको प्रमुख श्रेष्ठले बताए ।

 

‘कोरोना जोखिम रहेसम्मको अवधिलाई निःशुल्क रूपमा गाडी दिएको हुँ’, उनले भने, ‘दुइटै गाडी ९/९ जना अट्ने क्षमताका छन् ।’ 

 

एउटा गाडी चालकसहित र अर्कोमा नगरपालिकाले चालकको व्यवस्था गरेर कोरोना संक्रमितलाई बोक्न परिचालन हुने नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

 

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले नगर प्रमुखले हस्तान्तरण गरेको गाडीलाई २४ सै घन्टा तयारी अवस्थामा राखिने बताए ।

 

अहिले नगरपालिकाले एउटा गाडी भाडामा लिएर सेवा दिइरहेको छ । नगर क्षेत्रभित्र कोरोना संक्रमित बढ्दै गएकाले सवारी साधनको आवश्यकता महसुस भएको थियो । 


नगरप्रमुखले उपलब्ध गराएको गाडीले कोरोना संक्रमितका बिरामीलाई बोक्न सहज हुने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । 

 

यसअघि रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले समेत आफ्नो निजी स्कार्पियो जिप कोरोना संक्रमित बोक्ने सेवाका लागि एम्बुलेन्सको रूपमा परिचालन गरेका छन् । 

 

मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आफू चढ्दै आएको पालिकाको गाडीलाई संक्रमित बोक्न एम्बुलेन्स बनाउने घोषणा गरेका थिए । 

 

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन चढ्ने पालिकाको र उपाध्यक्ष केशमाया मगर चढ्ने भाडाको गाडीलाई पनि आवश्यक परेको अवस्थामा संक्रमित बोक्न प्रयोग गर्ने कार्यपालिकाले निर्णय गरेको थियो ।