close

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

कांग्रेस उपसभापति गच्छदारलाई पत्नीशोक

Trulli
ADVERTISEMENT

काठमाडाैं- नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ। उनकी पत्नी निर्मला गच्छदारको आज बिहान निधन भएको हो । 

 

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको उनका पारिवारीक स्रोतले जनाएको छ ।


उनी लामो समयदेखि कलेजो सम्बन्धी रोगबाट पीडित थिइन् । उनलाई दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएको उपसभापति गच्छदारका स्वकीय सचिव कन्हैया ठाकुरले जानकारी दिएका हुन्।