close

तनहुँमा १५ दिन लम्बियो निषेधाज्ञा

तनहुँमा १५ दिन लम्बियो निषेधाज्ञा

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँमा १५ दिन निषेधाज्ञा थपिएको छ । १५ जेठसम्मलाई निषेधाज्ञा थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । २२ वैशाखदेखि लागू पहिलो चरणको निषेधाज्ञा शनिबार राती १२ बजेबाट सकिँदै छ ।

 

शुक्रबार जिल्ला प्रशासन कार्यालय तनहुँमा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले लकडाउन थप गरेको हो ।

 

यसपालि मर्निङ वाक र इभिनिङ वाकमा निस्कनेलाई कडाइ गर्ने उनले बताए । ‘संक्रमण बढ्दै गएको छ । मर्निङ वाक र इभिनिङ वाकमा निस्कँदा पनि जोखिम बढेको छ । अटेरी गरेर निस्कनेलाई कारबाही हुन्छ ।’

 

२२ वैशाखदेखि जिल्लामा अत्यावश्यकबाहेकका सेवा र क्षेत्र बन्द छन् । खाद्यान्न, तरकारी, फलफूल, दूध, माछामासु, दाना, पशुपक्षीको उत्पादन र बिक्री वितरणका लागि बिहान ५ देखि ९ बजेसम्म समय तोकिएको छ । 

 

बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने सेवा पनि स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम कर्मचारीको उपस्थितिमा मात्र सञ्चालन गर्नुपर्नेछ ।

 

तनहुँमा बिहीबार साँझसम्म ४३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ४६ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३७७ रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । ७ जना संक्रमितले ज्यान गुमाएका छन् ।