close

अस्पतालले अक्सिजन दिन नसकेपछि उद्योग धाउँन बाध्य छन् संक्रमितका आफन्त

अस्पतालले अक्सिजन दिन नसकेपछि उद्योग धाउँन बाध्य छन् संक्रमितका आफन्त

Trulli
ADVERTISEMENT

कास्की– कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै बजारमा अक्सिजन माग उच्च छ । कतै अभाव भइसकेको छ । अस्पतालले मागबमोजिम अक्सिजन दिन नसक्दा कोरोना संक्रमितका आफन्तहरू उद्योगमै पुग्न थालेका छन् ।


व्यावसायिक घराना बतास कम्पनीअन्तर्गतको बतास फाउन्डेसनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट तयार गर्ने भएको छ ।पोखराको औद्योगिक क्षेत्रमा अक्सिजन उत्पादन गर्ने जम्मा २ वटा मात्रै निजी कम्पनी छन् । दैनिक १३ सय सिलिन्डर हाराहारी अक्सिजन उत्पादन गरिरहेका छन् । 


तर, कतिपय अस्पतालले सिलिन्डर स्टक राखिदिँदा समस्या परिरहेको छ । जिल्ला जिल्लामा अक्सिजन प्लान्ट बनिसके । प्रदेशको राजधानी पोखरामा संघ सरकार मातहत रहेको अस्पतालमा ग्यास प्लान्ट छैन । 


कारण, त्यहाँका डाक्टरहरूको निजीमा लगानी छ । त्यसैले उनीहरूले अक्सिजन प्लान्ट खोल्ने सरकारी योजना हरेक वर्ष तुहाइदिन्छन् । 


यही संकटको बीचमा बतासको अगुवाइमा विभिन्न व्यक्ति र कम्पनीबाट सहयोग जुटाएर प्लान्ट स्थापना गर्न लागिएको हो । अहिलसम्म साढे ३ करोड रुपैयाँभन्दा बढी जुटिसकेको छ । बतासले आफैं आबद्ध संस्थाबाट ५० लाख रुपैयाँ सहयोग गरेका छन् । ५ करोड रुपैयाँ संकलन गर्ने तयारी छ । 


प्रतिघन्टा १० देखि १५ क्युबिक मिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट राख्न करिब ३ करोड रुपैयाँ आवश्यक पर्ने फाउन्डेसनका अध्यक्ष आनन्दराज बतासले बताए । 

 

‘पोखरामा एउटा बनाउने । बाँकी पैसाले अरू जिल्लामा सानो प्लान्ट राख्ने सोच छ’, उनले भने, ‘पैसा सहयोग गर्ने क्रम राम्रो छ । म १ रुपैयाँ सहयोग पनि लिन्छु । यतिबेला मानव जीवनको रक्षा गर्नु प्रमुख दायित्व हो ।’ सोमबारदेखि काम गर्ने तयारी छ ।


यो अभियानमा अटोवेज प्रालिका प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेल, सेलवेज डिपार्टमेन्ट स्टोर्सका सञ्चालक सुशील प्रधानांग, स्व. समाजसेवी सूर्यबहादुर केसीको स्मृतिमा केसी ग्रुप पोखरा, सुपर मादी हाइड्रोपावरका अध्यक्ष पुष्पज्योति ढुंगाना, क्वालिटी एग्रोगेटका सञ्चालक देवबहादुर ज्वारचन, बी रिभर माइनिङ प्रालिबाट २५÷२५ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । ५ हजारदेखि २५ लाख रुपैयाँसम्म सहयोग गरेका छन् ।